क्रियाशील सदस्यता विवाद पाँच दिनभित्रै समाधान गर्ने कांग्रेसको निर्णय 

क्रियाशील सदस्यता विवाद पाँच दिनभित्रै समाधान गर्ने कांग्रेसको निर्णय 

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद पाँच दिनभित्रै समाधान गर्ने निर्णय गरेको छ।
 

आज (बिहीबार) बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद पाँच दिनभित्रै समाधान गर्ने निर्णय गरेको हो। 

कांग्रेसमा बारा, सप्तरी, धनुषा, सर्लाही, रसुवा र सिन्धुपाल्चोकमा क्रियाशील सदस्यतासम्बन्धी विवाद छ। 

त्यसका लागि नेता कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखकलाई सहमतिका लागि छलफल गर्ने जिम्मेवारी दिइएको छ । 

विवाद समाधान गर्न गठित छानबिन समितिले क्रियाशील सदस्यता सच्याएर आजै पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। 

पार्टी केन्द्रीय सदस्यसमेत रहेको समिति सदस्य प्रदीप पौडेलले समितिले प्रतिवेदन बुझाए पनि केही विवाद अझै टुंगो नलागेको बताएका थिए। साथै उनले उक्त विवाद समाधान गर्ने जिम्मा शीर्ष नेतालाई दिइएकाे बताएका थिए। 

साउन १४, २०७८ बिहीबार २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।