दाहाल र नेपालबीच भेटवार्ता, सरकारमा सहभागिताबारे छलफल 

दाहाल र नेपालबीच भेटवार्ता, सरकारमा सहभागिताबारे छलफल 

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। भेटवार्ताका क्रममा सरकारमा सहभागिताबारे छलफल भएको बताइएको छ। 

त्यसअघि उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। 

सत्तारुढ गठबन्धनले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ। 
 

साउन १४, २०७८ बिहीबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।