देशभर थप ३३६५ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

देशभर थप ३३६५ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

काठमाडौं : देशभर थप ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट २ हजार ३ सय ३५ र एन्टिजेन विधिबाट १ हजार ३० जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ९ हजार ५ सय ५५ र एन्टिजेन विधिबाट ४ हजार ६ सय ८७ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

हालसम्म देशभर आरटी पिसिआर विधिबाट ६ लाख ९० हजार ६ सय ४२ र एन्टिजेन विधिबाट ५९ हजार ३ सय ८० जनामा संक्रमण देखिएको छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप १६ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ। 

देशभर कोरोना संक्रमण निको हुने दर ९४.१ प्रतिशत छ।

साउन १४, २०७८ बिहीबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।