चार पूर्वमाओवादी सांसदले सर्वाेच्चमा दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं : चार पूर्वमाओवादी सांसदले आफ्रूलाई नेकपा (माओवादी केन्द्र)कै सांसद कायम गर्न माग गर्दै सर्वाेच्च अदालतमा दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा परेको हो।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका क्रममा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले बुधबार प्रतिनिधिसभा सदस्य पद कायम गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए।
उनीहरूले आफूहरू नेकपा एमालेमा प्रवेश नगरेको तर्क गर्दै माओवादी केन्द्रमै रहेको जिकिर गरेका छन्। सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि उनीहरू एमालेमै बसेर मन्त्री बनेका थिए।
त्यसपछि माओवादी केन्द्रको कारबाहीमा परेर उनीहरूको सांसद पद गुमिसकेको छ।
साउन १४, २०७८ बिहीबार १६:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।