उखु किसान काठमाडौँमा, प्रधानमन्त्रीलाई रकम उठाइदिन अनुरोध गर्ने
उखु किसान सङ्घर्ष समितिका अध्यक्ष राम स्वार्थ रायले चिनी मिलले सरकारसँग प्रतिबद्धता गरेको ६५ करोडमा १५ करोड दिन बाकी रहेको बताएका छन्।
त्यस्तै सरकारले ९० करोड किसानको हिसाबमा ६५ करोड किसानलाई चिनी मिलले दिने सम्झौता भएको थियो। बाकी २५ करोड छानबिन गर्ने बताएको थियो। रायका अनुसार सरकारी प्रतिनिधि सर्लाही गएर छानबिन गरे पनि प्रतिवेदनमा के छ आफूहरूले थाहा नपाएको बताए।
‘उहाँहरू स्थलगत पनि जानुभएको थियो। के आयो त्यो प्रतिवेदनमा थाहा पाइएन। हाम्रो पैसा पनि आएन,’उनले भने, ‘हामी फेरि पैसा उठाउन काठमाडौँ आयौँ। मिल्यो भने प्रधानमन्त्रीलाई भेट्छौ।
इन्दिरा, लुम्बिनी र श्रीराम सुगर मिलले ३/३ करोड तिर्न बाँकी छ भने अन्नपूर्ण सुगर मिलले १२ करोड र महाकाली सुगर मिलले साढे ८ करोड किसानको रकम भुक्तानी गरेका छैनन्।
साउन १४, २०७८ बिहीबार १३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।