योजना आयोगको उपाध्यक्षमा नियुक्त पौडेलले लिए शपथ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपाध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उपाध्यक्ष पौडेलले आयोगको सदस्यमा नियुक्त रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई शपथ गराएका छन्।
मन्त्रिपरिषद्को साउन १२ गते बसेको बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
सरकार परिवर्तन भएपछि योजना आयोगमा पौडेल नियुक्त भएका हुन्। डा पुष्प कँडेलले केपी ओली सरकारबाट बाहिरिएपछि राजीनामा दिएका थिए।
साउन १४, २०७८ बिहीबार १२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।