सत्ता गठबन्धनको छलफल : मन्त्रालय भागबन्डा गरेर मन्त्रिपरिषद् विस्तारको तयारी
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालय भागबन्डा, राजनीतिक नियुक्ति, सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पाउने मन्त्रालय भागबन्डा गरेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ।
सत्ता गठबन्धनको नेकपा एमाले माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताएको छ।
गठबन्धन दलको छलफल लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा बिहान साढे ९ बजे सिंहदरबार आउने निजी सचिवालयले जनाएको छ।
साउन १४, २०७८ बिहीबार ०८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।