गण्डकी र कर्णाली प्रदेशमा वर्षा
विभागले मौसम बुलेटिन निकालेर प्रदेश नं १, २, बाग्मती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहने विभागको अनुमान छ। विभागले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ।
नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
साउन १४, २०७८ बिहीबार ०६:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।