कोरोना सङ्क्रमणबाट १७ प्रहरीले ज्यान गुमाए
यस अवधिमा १० हजार ३ सय ८ जना उपचार पश्चात् निको भएका छन् भने १७ जनाले सङ्क्रमणका कारण ज्यान गुमाए। २ सय १६ प्रहरी उपचाररत छन्। नेपाल प्रहरीका ६० हजार ५ सय ९७ प्रहरीले हालसम्म कोरोना विरुद्धको पहिलो खोप लगाएको र ४८ हजार ४ सय ४५ जनाले दुवै डोज खोप लगाएको प्रहरी प्रवक्ता वसन्त कुँवरले बताए।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीको ४१ हजार २ सय ९२ प्रहरी परिचालन गरिएको र ११ हजार २ सय ७२ जना प्रहरीलाई स्ट्याण्डवाई राखिएको छ।आर्थिक वर्ष २०७७।७८ मा विभिन्न दर्जाका ४ हजार ४ सय ३० प्रहरी पुरस्कृत र १ हजार ९ सय ८२ जनालाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ।
साउन १३, २०७८ बुधबार २१:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।