सशस्त्र प्रहरी अस्पताललाई बारबरा विशिष्ट सम्मान

सशस्त्र प्रहरी अस्पताललाई बारबरा विशिष्ट सम्मान

फाउन्डेसनको तर्फबाट अध्यक्ष सन्दुक रुइतले जारी गरेको विज्ञप्ति अनुसार कोरोनाको महाविपत्तिमा आफ्नो नियमित जिम्मेवारीबाट माथि उठेर रोकथाममा उत्कृष्ट योगदान गर्ने चिकित्सक, नर्स र स्वास्थ्य सहयोगी सहित संस्थागत रूपमा अस्पताललाई बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान प्रदान गर्ने निर्णय गरेको उल्लेख छ।

बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पताललाई सरकारले कोरोना उपचारको डेडिकेटेड अस्पताल बनाएको थियो। सो सम्मान साउन १६ गते प्रदान गरिँदै छ। 

साउन १३, २०७८ बुधबार २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।