जसपाबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई
ललितपुरको तुलसीलाल अमात्य भवनमा आज (बुधबार) सम्पन्न केन्द्रीय कार्यकारिणी बैठकले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भटट्राई र वरिष्ठ नेता अशोक राईलाई दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
सत्ता गठबन्धनमा सहभागी जसपाले पार्टी विवादका कारण सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन सकेको थिएन।
निर्वाचन आयोगले हिजो अध्यक्ष उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएसँगै जसपाको केन्द्रीय कार्यकारिणी बैठक बसेको हो।
पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम छिट्टै टुंग्याउने एक नेताले जानकारी दिए।
साउन १३, २०७८ बुधबार २०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।