जसपाद्वारा केन्द्रीय सदस्यको नामावली अध्यावधिक गर्न ५ सदस्यीय कार्यदल गठन

जसपाद्वारा केन्द्रीय सदस्यको नामावली अध्यावधिक गर्न ५ सदस्यीय कार्यदल गठन

ललितपुरको तुलसीलाल अमात्य भवनमा बुधबार सम्पन्न बैठकले केन्द्रीय कार्यसमिति सदस्यको नामावली अध्यावधिक गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो। 

कार्यदलमा मृगेन्द्रसिंह यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव रहेको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। उक्त कार्यदलले साउन १७ गतेसम्म नामावली अध्यावधिक गरिसक्नुपर्ने छ।

यस्तै, बैठकले केही समयअघि जसपासँग पार्टी एकीकरण गरेका नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल समूह)का अध्यक्ष शिवलाल थापालाई पनि कार्यकारिणी समितिमा थप्ने निर्णय गरेको छ।

बैठक मंगलबार सुरु भएको थियो। 
 

साउन १३, २०७८ बुधबार २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।