गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरू सहभागी थिए।
मन्त्रिपरिषद्को निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो गण्डकीको प्रदेश प्रमुखमा गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा शेरचनलाई नियुक्त गरेकी थिइन्।
साउन १३, २०७८ बुधबार १९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।