गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त

मन्त्रिपरिषदको निर्णय एवं प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) गण्डकीको प्रदेश प्रमुखमा गुरुङ र लुम्बिनीको प्रदेश प्रमुखमा शेरचनलाई नियुक्त गरेकी हुन्। 

उनीहरूलाई संविधानको धारा १६३ (२) बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको निर्णय एवं प्रधानमन्त्रीको सिफारिसमा गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन्।

साउन १२, २०७८ मंगलबार २१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।