काँग्रेसमा ४० वर्ष माथिकाको वर्चस्व, खस-आर्य सदस्य धेरै, महिला २२ प्रतिशत मात्रै

काँग्रेसमा ४० वर्ष माथिकाको वर्चस्व, खस-आर्य सदस्य धेरै, महिला २२ प्रतिशत मात्रै

विवादित जिल्लाको क्रियशिल सदस्यता थाँती राखेर बुझाइएको प्रतिवेदन अनुसार काँग्रेसमा ४ लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएका छन्। नवीकरण भएका ४ लाख ९ हजार ३३ सदस्य गरी पार्टीमा ८ लाख ५२ हजार ७ सय ११ सदस्य पुगेका छन्।

प्रतिवेदन अनुसार काँग्रेसमा युवाको सहभागिता न्यून छ। प्रौढ सदस्यहरूकै सङ्ख्या बढी छ। शल्यक्रिया सदस्यता पाएकामध्ये १६ देखि २५ उमेर समूहका ४ दशमलव ५९ प्रतिशत छन् भने २६ देखि ४० उमेर समूहकाको सङ्ख्या २८ दशमलव ३८ प्रतिशत छ। यी दुवै उमेर समूह जोड्दा ३३ हाराहारी निस्कन्छ।

पार्टीमा ४१ देखि ६० उमेर समूहकाहरु मात्र ३७ दशमलव ३० प्रतिशत छन्। यही उमेर समूह पार्टीको नेतृत्व चयनमा निर्णायक हुनेछन्। ६१ देखि ७५ उमेर समूहका ९ दशमलव ४३ र ७५ माथि १ दशमलव ३३ प्रतिशत छन्। ४० भन्दा माथिको उमेर समूह निर्णायक देखिन्छ।

महिलाको सङ्ख्या न्यून

 

काँग्रेसमा महिला सदस्यको सङ्ख्या न्यून देखिन्छ। कुद सदस्य सङ्ख्यामध्ये ७४ दशमलव २६ प्रतिशत पुरुष सदस्य छन् भने २२ दशमलव ६२ महिला। अन्य को सङ्ख्या शून्य दशमलव ०२ प्रतिशत मात्र छ।

खस-आर्यको वर्चस्व

जातीय आधारमा खस-आर्यको सङ्ख्या बाक्लो छ। दोस्रोमा जनजाति छन्। खस-आर्यको सङ्ख्या ४१ दशमलव ७८ प्रतिशत छ भने जनजातिको सङ्ख्या २३ दशमलव ६५ प्रतिशत रहेको छ। तेस्रोमा मधेसी १० दशमलव ८१, दलित ५ दशमलव १८ र थारु समुदाय ३ दशमलव १३ प्रतिशत छ।

मुस्लिम १ दशमलव ९२ प्रतिशत, पिछडिएको वर्ग एक दशमलव ६९ प्रतिशत र अल्पसङ्ख्यक ० दशमलव ७७ प्रतिशत मात्र छन्।

बागमतीमा सबैभन्दा धेरै

काङ्ग्रेसको क्रियशिल सदस्यहरूमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै छन्। बागमतीमा काँग्रेसको बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३ जना क्रियशिल सदस्य छन्। यसै गरी प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन्।

प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन्।

 

 

साउन १२, २०७८ मंगलबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।