विवाद समाधान नगरी क्रियाशील सदस्यता छानबिन समितिले बुझायो प्रतिवेदन
बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले १३ पृष्ठको प्रतिवेदन बुझाएका हुन्।
छानबिन समितिको प्रतिवेदनमा बुधबारदेखि छलफल हुनेछ। समितिले बारा, सर्लाही, सप्तरी र धनुषाको क्रियाशील सदस्यता टुङ्गो नलगाई प्रतिवेदन बुझाएको हो।
क्रियाशील सदस्यको सङ्ख्या ८ लाख ५२ हजार ७ सय ११ पुगेको छ। कांग्रेसले १३ औँ महाधिवेशनका ४ लाख ९ हजार ३३ जनाको क्रियाशील सदस्यता नवीकरण गरेको छ।
बाँकी ४ लाख ४३ हजार जनालाई क्रियाशील सदस्यता प्रदान गरिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने मिति तोकिएको छ।
साउन १२, २०७८ मंगलबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।