राष्ट्रपति विद्या भण्डारीको पक्षमा सांसद विद्या भट्टराई
प्रतिनिधि सभामा बोल्दै उनले मन्त्रिपरिषद्को सिफारिस कार्यान्वयन गर्ने मात्र जिम्मेवारी रहेको राष्ट्रपतिको आलोचना हुनु दुखद भएको भन्दै यस्ता गतिविधि सुसंस्कृत राजनीति अनुकूल नभएको बताइन्।
'प्रश्न गर्ने हक सबैको छ। तर राष्ट्राध्यक्षमाथि भएको नकारात्मक भाष्यले सुसंस्कृत राजनीति ल्याउन सक्दैन,' उनले भनिन्।
सामाजिक सञ्जालहरूमा महिलाहरूमाथि हुने नकारात्मक टिप्पणीका घटना र महिला हिंसाको चर्चा गर्दै उनले त्यसलाई राष्ट्रपतितिर लगेर जोड्दै भनिन्' सर्वोच्च पदमा रहेका महिलामाथि समेत नकारात्मक टिप्पणी हुने गरेको देखिएकै छ।'
साउन १२, २०७८ मंगलबार १४:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।