सर्वोच्चको फैसलाबारे संसद्मा लालबाबु र पुष्पाको दोहोरी

सर्वोच्चको फैसलाबारे संसद्मा लालबाबु र पुष्पाको दोहोरी

उनले संसदीय र लोकतान्त्रिक प्रणालीभित्र सर्वोच्चको अदालतबाट दलको निर्णय त्यागेर निर्दलीय प्रधानमन्त्री बनेको भन्दै शेरबहादुर देउवालाई उनले बधाई दिएका थिए।

'यो सरकारले जनताको हितमा काम गर्छ गर्दैनन् हामी हेर्छौ,' उनले भने' त्यसैको आधारमा समर्थन र विरोध हुन्छ।'

उनले निर्दलीयतिर अग्रसर भए बहुदलको अपमान गरेको दाबी गर्दै भने 'कतिपय निर्णय समय सन्दर्भमा पुनरावलोकन भएर गलत भएको भए सच्चिने स्थिति। अहले जुन बाटोबाट सरकार बनेको छ र प्रधानमन्त्री नियुक्त भएका छन् त्यो छलफलको विषय बनेको छ।'

पण्डितपछि बोल्दै नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले विपक्ष अझै पनि कुण्ठामुक्त हुन नसकेको भन्दै आलोचना गरिन्। उनले अदालतले संविधानलाई ट्र्याकमा ल्याउने काम गरेको भन्दै अदालतको प्रशंसा गरेकी थिइन्।

उनले निरङ्कुश अभ्यास असफल भएर सत्ता बाहिर गएको विपक्षी दल अब सच्चिए राम्रो हुने सुझाव दिइन्।

साउन १२, २०७८ मंगलबार १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।