महन्थ पक्षका नेताहरू छलफलमा : नयाँ दल दर्ता गर्ने या जसपामा फर्किने
जनता समाजवादी पार्टी जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि महन्थ पक्षका १६ जना सदस्य दलविहीन भएका हुन्।
महन्थ पक्षलाई नयाँ दल दर्ता गर्ने या आत्मालोचना गर्दै जसपामा फर्किने भन्ने विकल्पमा नेताहरू छलफलमा जुटेका हुन्।
‘आयोगको निर्णयपछि के गर्ने भन्ने विषयमा हामी छलफलमा जुटेका छौँ,’दलविहीन भएका लक्ष्मणलाल कर्णले भने,‘के गर्ने भन्ने बारे टुङ्गो लागिसकेको छैन।’
उनले छलफलपछि नयाँ दल दर्ता गर्ने या अरू बाटो लिनेबारे टुङ्गो लाग्ने बताए। अर्को बाटो के भनेर उनले खुलाएनन्। ‘अहिलेसम्म केही भइसकेको छैन। छलफलपछि यसबारे भन्न सकिन्छ।’ उनले उकेरासँग भने।
साउन १२, २०७८ मंगलबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।