निर्वाचन आयोग पुगे रेसम चौधरी

निर्वाचन आयोग पुगे रेसम चौधरी

काठमाडौँ : डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टी जसपाका केन्द्रीय कार्यकारी सदस्य रेसम चौधरी निर्वाचन आयोग गएका छन्। 

चौधरी जसपाको आधिकारिकता विवादमा आयोगमा सनाखत गर्न गएका हुन्। जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्य मध्ये ३४ जनाले उपेन्द्र यादव र १६ जनाले महन्थ ठाकुरको पक्षमा सनाखत गरेका छन्। 

अदालतको आदेशबाट कैद सजाय पाएका चौधरीको स्वागतका लागि भन्दै निर्वाचन आयोगमा लामबद्ध भएर बसेका छन्। आयोगमा पुगेका चौधरीलाई जसपाका दुवै पक्षले रेसम आ आफ्नो पक्षमा सनाखत गर्न आएका दाबी गरेका छन्। 

नेतृ हिसिला यमी र राजेन्द्र महतोले आफ्नो पक्षमा आएको बताएपछि चौधरीले नेताहरूसँग छलफल गर्ने बताए। पार्टी भित्रको आपसी वैमनस्यताका कारण न्यायिक निरूपणका लागि आयोगले गरेको प्रक्रिया अनुसार आफू सनाखत गर्न आएको चौधरीले बताए। 

उनी हात हल्लाउँदै आयोगमा पुगेका हुन्। पत्रकारसँग कुरा गर्दै चौधरीले पहिला महन्थ ठाकुरसँग र त्यसपछि उपेन्द्रसँग छलफल गरेर सनाखत गर्ने बताए।  उनी हतकडी नलगाई आयोगमा पुगेका हुन्। 

जसपाको आधिकारिता विवादमा निर्वाचन आयोगले इजलास गठन गरेको सुनुवाइ गरेको थियो।

साउन ११, २०७८ सोमबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।