प्रधानमन्त्री देउवालाई मेलम्ची आउन बाढीपीडितको निम्तो
काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
स्थानीय सरकार मेलम्चीका बाढी पीडितको जिम्मेवारीबाट भाग्न खोजेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेको स्थानीय सागर श्रेष्ठले बताए।
बाढी प्रभावितले नदिलाई पुरानै धारमा कायम गर्नुपर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन, स्काभेटरमार्फत जमिनको सतह मिलाउने प्रबन्ध गर्नुपर्ने माग प्रधानमन्त्रीसँग गरेका छन्।
त्यस्तै बाढीले घरबारविहीन भएका र रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकालाई उचित आर्थिक प्याकेज ल्याउनुपर्ने माग गरिएको मेलम्चीका स्थानीय जानकारी दिए।
प्रधानमन्त्रीलाई मेलम्चीको पुनर्निर्माणका लागि ठोस पहल गर्न र बाढीग्रस्त क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको श्रेष्ठले बताए।
असार १ गते राति परेको अविरल वर्षासँगै मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा क्षति पुर्याएको थियो।
साउन ११, २०७८ सोमबार १४:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।