रेसम चौधरी उपेन्द्रको पक्षमा 

रेसम चौधरी उपेन्द्रको पक्षमा 

आयोगमा जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरूको सनाखत भइरहेको छ।

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र नगर्ने विवादले जसपा दुई समूहमा विभाजित भएको छ। जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू आयोगमा सनाखत गरेर फर्किरहेका छन्। 

सनाखत गराएर फर्किएका जसपा यादव पक्षका नेताहरूलाई प्रतिगमनको सहयोग गरेकोमा आत्मालोचना गरेर आए महन्थ पक्ष जसपामै रहने प्रतिक्रिया दिएका छन्। 

ओली सरकारमा महन्थ पक्षको जसपाबाट मन्त्री बनेका राजकिशोर यादवले उपेन्द्रको पक्षमा सनाखत गराएको बताएका छन्। आफू एकीकृत पार्टीमै रहने उनले बताए। 

यादव पक्षकी रेणु यादवले महन्थ पक्ष आत्मालोचना गरे जसपामा रहने बताइन। 

महन्थ पक्षका जितेन्द्र सोनलले महन्थ पक्षको जसपामा सनाखत गराएको बताए। 

कारागारमा रहेका रेसम चौधरी पनि सनाखतका लागि निर्वाचन आयोग आउने जसपा उपेन्द्र पक्षका नेता मोहम्मद ईस्तियाक राईले जानकारी दिएका छन्। 

चौधरीले आयोगमा उपेन्द्र यादवको पक्षमा सनाखत गर्ने राईले बताए। 

साउन ११, २०७८ सोमबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।