परिक्षा हाताभित्र प्रवेश गर्न खोज्ने नेबिसंघका पूर्व केन्दीय सदस्य श्रेष्ठ पक्राउ 

परिक्षा हाताभित्र प्रवेश गर्न खोज्ने नेबिसंघका पूर्व केन्दीय सदस्य श्रेष्ठ पक्राउ 
तस्बिर : नेबिसंघ महामन्त्री बलदेव तिमल्सिना

स्नातक तहको परीक्षा चलिरहेको सानोठिमी क्याम्पस हाता भित्र प्रवेश गर्ने श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। ‘क्याम्पस हाताभित्र प्रवेश गर्न नदिएपछि लफडा भएछ,’ महानगरीय प्रहरी वृत्तले भन्यो,‘लफडा गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।’ 

नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पस इकाईले विज्ञप्ति निकालेर नेबिसंघका नेता श्रेष्ठलाई रिहा गर्न माग गरेको छ। इकाइका कार्यवाहक सभापति यङजोर कार्कीले निकालेको विज्ञप्तिमा श्रेष्ठलाई रिहाइ नगरे आन्दोलन गर्ने चेतावनी दिइएको छ। 

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थी नेता श्रेष्ठलाई रिहाइ नगरे केहीबेरमै सानोठिमी क्याम्पसमा प्रदर्शन हुने बताए। 

श्रेष्ठ नेबिसंघ सानोठिमी क्याम्पस पूर्व इकाई सभापति एवं नेबिसंघका पूर्व केन्द्रीय सदस्य हुन्। 

 

साउन ११, २०७८ सोमबार ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।