देशभरको मौसम बदली, केही स्थानमा भारी वर्षा हुने सम्भावना
काठमाडौँ : हाल देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहनेछ।
देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले बुलेटिन निकालेर गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ। भारी वर्षा हुने स्थानमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
जेठ २९, २०७८ शनिबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।