थप ३७५० जनामा कोरोना संक्रमण, ५२२५ संक्रमणमुक्त

थप ३७५० जनामा कोरोना संक्रमण, ५२२५ संक्रमणमुक्त

काठमाडौं : देशभर थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट २ हजार ७ सय ९ र एन्टिजेन विधिबाट १ हजार ४१ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ९ हजार ५ सय ९८ र एन्टिजेन विधिबाट ५ हजार ५ सय ८४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या १८ हजार ७ सय ५५ छ। 

यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ। देशभर कोरोना संक्रमण निको हुने दर ८६.२ प्रतिशत छ। 

यसैगरी, देशभर कोरोना संक्रमणका कारण थप ६७ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको मन्त्रालयले जनाएको छ।

जेठ २८, २०७८ शुक्रबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।