बृहत् नागरिक आन्दोलनका अभियन्तालाई रिहा गर्न सोलिडारिटी फर डा. केसी अलायन्सको माग

बृहत् नागरिक आन्दोलनका अभियन्तालाई रिहा गर्न सोलिडारिटी फर डा. केसी अलायन्सको माग
फाइल तस्बिर।

काठमाडौं : सोलिडारिटी फर डा. केसी अलायन्सले आज पक्राउ परेका बृहत नागरिक आन्दोलनका अभियन्तालाई निःसर्त रिहा गर्न सरकारसँग माग गरेको छ। 

अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले आज प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षामा राजनीतिक हस्तक्षेप तथा स्वास्थ्य सेवाको व्यापारीकरणविरुद्ध आन्दोलनका क्रममा पक्राउ परेका १८ अभियन्ताको रिहाइको माग गरेको हो। 

यस्तै, अलायन्सले स्वास्थ्य र मेडिकल शिक्षाको माफियाकरण तत्काल रोक्नसमेत माग गरेको छ। 

‘आज पक्राउ परेका सबै अभियन्ताहरूलाई तत्काल निःशर्त रिहा गर्न तथा स्वास्थ्य र मेडिकल शिक्षाको माफियाकरण तत्काल रोक्न सरकारसित माग गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसो नभएमा देशका सबै सचेत नागरिकहरूसित हातेमालो गरेर मेडिकल माफियाको सेवामा लिप्त ओली सरकारविरुद्ध कडा आन्दोलनका कार्यक्रम सुरु गर्ने घोषणा गर्दर्छौं।’

जेठ २८, २०७८ शुक्रबार १७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।