पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध विद्यार्थीहरूको प्रदर्शन
तस्बिर : कृष्पा श्रेष्ठ।
काठमाडौँ : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
निषेधाज्ञा उल्लङ्घन गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
निषेधाज्ञाकै अवधिमा आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र आयल निगमलाई घाटा भएको भन्दै पछिल्लो पटक मूल्य बढाएको छ।
विद्यार्थीहरुले कोरोना महामारीमा राहत दिनुपर्ने सरकार भाउ बढाउन उद्धत भएको भन्दै प्रदर्शन गर्दै आएका छन्।
जेठ २८, २०७८ शुक्रबार १४:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।