बालुवाटारमा बाहिर प्रदर्शन, भित्र चिकित्सा शिक्षा आयोगको बैठक
आयोगको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। सह-अध्यक्ष शिक्षा र स्वास्थ्य सम्बन्धी विषय हेर्ने मन्त्री कृष्ण गोपाल श्रेष्ठ र शेरबहादुर तामाङ बैठकमा सहभागी भएका छन्।
आयोगको बैठकले बि एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन दिन लागेको भन्दै बालुवाटारमा पुगेका बृहत् नागरिक आन्दोलनका अगुवाहरूलाई प्रहरी पक्रेको छ।
आयोगको बैठक बसिरहेको बालुवाटारमा प्रदर्शन गर्न पुगेका नागरिक अगुवाहरूलाई प्रहरीले पक्रेको हो। पक्राउ परेका १८ जना नागरिक अगुवालाई प्रहरी कार्यालय मालिगाउँमा राखिएको जनाएको छ।
चिकित्सा शिक्षा आयोगको बैठक बालुवाटारमै बसिरहेको छ। बैठक बसिरहेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिए।
जेठ २८, २०७८ शुक्रबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।