डोटीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

प्रहरीका अनुसार चालक हकुम शाहको शैलेश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी कैलाली धनगढी उपमहानगरपालिका तारानगरका बासिन्दा हुन्। 

जिपमा सवार २६ बर्षिया देवी कुमारी शाह घाइते भएकी छिन्। उनको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका इन्चार्ज अशोक खड्काले जानकारी दिए।

दिपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित समुहगाड रेडियो नेपाल क्षेत्रीय प्रसारण नजिकै बिहान ४ बजेको समयमा जिप दुर्घटना भएको हो।

धनगढीबाटबाट बाजुराको लागि कुखुराको चल्ला बोकेर गइरहेको जिप सडकबाट १०० मिटर तल खसेर दुर्घटनामा परेको हो। 

जेठ २८, २०७८ शुक्रबार १०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।