कोरोना संक्रमणका कारण थप ५९ को मृत्यु, निको हुने दर ८५.७ प्रतिशत

कोरोना संक्रमणका कारण थप ५९ को मृत्यु, निको हुने दर ८५.७ प्रतिशत

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना निको हुने दर ८५.७ प्रतिशत छ।

यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा १५ हजार २ सय ३८ नमुना परीक्षण गरिएको मन्त्तालयले जनाएको छ।  

देशभर आइसियुमा १ हजार २ सय ६१ र भेन्टिलेटरमा ३ सय ८२ जना उपचाररत छन्। 

जेठ २७, २०७८ बिहीबार १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।