संसद् विघटनको मुद्दामा संवैधानिक इजलासले दिएका आदेशमा संशोधन

संसद् विघटनको मुद्दामा संवैधानिक इजलासले दिएका आदेशमा संशोधन

काठमाडौंः संसद् विघटन मुद्दामा संवैधानिक इजलासले दिएको आदेश संशोधन भएको छ। आज बसेको इजलासले बुधवारको आदेशमा सामान्य संशोधन गरेको हो।

१४६ सांसदको तर्फबाट दायर गरिएको संयुक्त रिटमा दिइएको आदेशमा आज बसेको इजलासले संशोधन गरेको हो।

१४६ सांसदको संयुक्त रिट तर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठका अनुसार संसद् विघटनको मिति जेठ ८ लाई मान्यता दिने निर्णय गरेको हो।

‘राष्ट्रपति कार्यालयले संसद् विघटन गर्ने निर्णयमा जेठ ८ भनेर लेखेर पठाएकाले आदेशमा संशोधन गरिएको छ,’उनले उकेरासँग भने,‘सरकार बन्न नसक्ने निर्णय जेठ ७ मा र संसद् विघटनको आदेश जेठ ८ गते भएको निवेदन परेपछि संशोधन गरिएको हो।’

राष्ट्रपति कार्यालयले विघटनबारे निकालेको सूचनामा जेठ ८ उल्लेख गरिएको छ। यसबारेको सूचना राष्ट्रपतिको कार्यालयको वेभसाईटमा जेठ ८  गते शनिवार बिहान १ बजेर ४९ मिनेटमा सार्वजनिक भएको थियो। तर,रिट निवेदनमा ७ जेठलाई नै संसद् विघटन मितिको रूपमा निवेदकले उल्लेख गरेका थिए। 

जेठ २७, २०७८ बिहीबार १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।