देउवाको दाबी : भदौ महिनाभित्र महाधिवेशन हुन्छ, भ्रम नफैलाऊँ
उनले महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको भन्दै विज्ञप्तिमा लेखेका छन्' पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित देखाउने गरी पटक-पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित हैन। महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन।'
मङ्गलवार उकेरासँग कुरा गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनबारे पार्टी सभापति शेरबहादुर देउवाले निर्णयमा ढिलाइ गर्दा शङ्का बढेको बताएका थिए।
देउवाले विज्ञप्तिमा महाधिवेशनमा पार्टीको सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएको दाबी गर्दै यसका लागि सबै जिम्मेवार हुनुपर्ने उल्लेख गरेका छन्।
उनले महाधिवेशनका लागि अब धेरै समय नभएको बताउँदै असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नुपर्ने, पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनको तयारी लगायतका सबै तयारी गर्नुपर्ने बताएका छन्।
'म सबैलाई कुनै भ्रममा नपरी आ-आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरी आ-आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्न दत्तचित्त भएर लाग्न आव्हान गर्दछु' विज्ञप्तिमा उल्लेख छ।
जेठ २६, २०७८ बुधबार १७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।