संसद् विघटन विरुद्धको सांसदहरूको रिटको प्रारम्भिक सुनुवाइ सकियो, के आउँला आदेश ?
काठमाडौँ : संसद् विघटनबारे प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ। बुधवारको संवैधानिक इजलासमा देउवाको रिटबारे बहस भएको हो।
बहससँगै आजको इजलास सकिएको छ। असार ९ गतेलाई पेशी तोकिएको छ। देउवाको मुद्दामा आदेश आएपछि मात्रै अन्यको रिटमा सनुवाई गर्ने इजलासको तयारी छ। देउवासहित एक सय ४६ जना सांसदले संसद् विघटन विरुद्ध रिट दायर गरेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजको रिटको आदेश आएपछि अन्य मुद्दाको सुनुवाइ गर्ने बताए। रिटमा आदेश तयार भएको र आदेश आउन बाँकी रहेको राणाले बताए।
जेठ २६, २०७८ बुधबार १५:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।