मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट
काठमाडौँ : स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामुदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्। उनले आइसोलेसन सेन्टरको निरीक्षण समेत गरे। काठमाडौँ लोकन्थलीस्थित मुनरक ईन्टरनेश्नल प्रालीले उक्त प्लान्ट जडान गरेको हो।
उद्घाटनको क्रममा मन्त्री तामाङले चन्द्रागिरि नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतिनिधिहिरुलाई बधाई दिएका थिए। उनले अक्सिजन प्लान्ट जडान गरेर आफ्नो जिल्ला सिन्धुपाल्चोकलाई पहिलो जिल्ला बनाउने प्रयास गरे पनि चन्द्रागिरि नगरपालिका पहिलो भएको दाबी गरे।
उनले अक्सिजन प्लान्ट जडान गर्नको लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेकोले अब कार्यान्वयनको चरणमा जाने उनको भनाई छ । मन्त्री तामाङले उक्त सामुदायिक अस्पताललाई चाहिने आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि विश्वास दिलाए । प्लान्टको उद्घाटनको क्रममा मन्त्री तामाङले देशभर नै सबै नागरिकलाई चाँडै कोरोना विरुद्धको खोपको सुनिश्चित गर्गनेरि काम गरिरहेको बताउँदै खोप सुनिश्चित नहुन्ज्यालसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे।
जेठ २६, २०७८ बुधबार १३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।