राष्ट्रिय सभा सदस्यमा निर्वाचित पाण्डेयले लिए शपथ 

राष्ट्रिय सभा सदस्यमा निर्वाचित पाण्डेयले लिए शपथ 

काठमाडौँ : राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट निर्वाचित दृघ नारायण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सदस्य पाण्डेयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

जेठ १७ गते भएको निर्वाचनमा पाण्डेले ४,१४० मतभार प्राप्त गरेर विजयी भएका हुन्।  प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३,६१२ मतभार प्राप्त गरेका थिए।

जेठ २६, २०७८ बुधबार १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।