प्रधानन्यायाधीशलाई सन्चो भएन, संवैधानिक इजलास बुधबार बस्न सक्ने 

प्रधानन्यायाधीशलाई सन्चो भएन, संवैधानिक इजलास बुधबार बस्न सक्ने 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्। हिजो आइतबार बसेको पहिलो दिन सरकारी पक्षका अधिवक्ताले न्यायाधीश कार्की र भट्टराईबारे प्रश्न गरेपछि विवादमै सकिएको थियो। 

जेठ १४ गते गठन भएको संवैधानिक इजलासमा बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे रिट निवेदक अधिवक्ताले प्रश्न उठाएपछि वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए। 

‘हिजो संवैधानिक इजलासमा तनाव जस्तै थियो,’सर्वोच्च स्रोतले भन्यो,‘सन्चो नभएको म्यासेज पठाएपछि आज र भोलिलाई इजलास स्थगित भएको छ।’

संवैधानिक इजलास पर्सी बुधबार बस्न सक्ने सर्वोच्च अदालत स्रोतले बताएको छ। 

जेठ २४, २०७८ सोमबार १०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।