संसद् विघटन मुद्दा : इजलास गठनकै विवादमा सकियो आजको सुनुवाइ

संसद् विघटन मुद्दा : इजलास गठनकै विवादमा सकियो आजको सुनुवाइ

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटन मुद्दामा आजको सुनुवाइ सकिएको छ। 

आजको बहस मुख्य मुद्दामा केन्द्रित हुन सकेन। बहस इजलास गठनकै विवादमा मात्रै केन्द्रित बन्यो। 

आज सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडाल, नायब महान्यायधिवक्ता पदम पाण्डेय, सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रतिरक्षा बहस गरेका थिए। 

बहस अझै बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ। 

यसअघि गत पुस ५ गते परेको संसद् विघटन मुद्दामा सर्वोच्चले संसद पुनःस्थापना गर्ने फैसला गरेको थियो। 

जेठ २३, २०७८ आइतबार १७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।