देशभर थप ५०४२ जनामा काेराेना संक्रमण, ८२४३ निको भए 

देशभर थप ५०४२ जनामा काेराेना संक्रमण, ८२४३ निको भए 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट ३ हजार ५ सय ४० जना र एन्टिजेन्ट विधिबाट १ हजार ५ सय २ जनामा कोरोना संक्रमण देखिएको हो। 

उक्त अवधिमा ११ हजार ४ सय ७१ जनाको आरटी पिसिआर र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन्ट विधिबाट गरी कूल १६ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गरिएको थियो। 

पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर कोरोनाबाट निको हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ। 

देशभर कोरोना संक्रमणको निको हुने दर ८२.८ प्रतिशत छ। 

यस्तै, कोरोना संक्रमणका कारण देशभर थप ६८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित कोरोना संक्रमणका कारण देशभर मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ। 

जेठ २२, २०७८ शनिबार १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।