उपप्रधानमन्त्री महतोको कथित आन्दोलनले देश विखण्डन गर्ने : गौतम 

उपप्रधानमन्त्री महतोको कथित आन्दोलनले देश विखण्डन गर्ने : गौतम 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपाध्यक्ष गौतमले भने, ‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन।’ 

महतोले शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन संचालन गरिरहेको अन्तरवार्ता सुन्दा दुःखी भएको गौतमले बताए।    

‘उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महताेले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनी सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दु:खी भएको छु’, उनले लेखेका छन्। 

उनले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य नहुने बताए। तर, प्रधानमन्त्री केपी शर्मा ओली भने महतोले सञ्चालन गरिरहेको आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएको गौतमले बताए। 

जेठ २२, २०७८ शनिबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।