प्रदीप ज्ञवालीले ट्विट गरेर सार्वजनिक गरे सम्पत्ति विवरण, खातामा सात लाख,पार्टीलाई लेबी नौ लाख
सवा तीन वर्ष मन्त्री हुँदा आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रहेको र यो बिचमा केही घरायसी सामान र २ सय पुस्तक थपिएको जानकारी दिँदै उनले बाँकी सम्पत्ति विवरण मन्त्री हुँदा जे थियो त्यही रहेको उल्लेख गरेका छन्।
उनले यो बिचमा पार्टीलाई नौ लाख बढी लेबी बुझाएको उनको विवरणमा उल्लेख छ। उनले विदेश भ्रमण बापतको लेवी ३ लाख १४ हजार ९ सय ३० र पारिश्रमिक बापतको लेवी ६ लाख २० हजार पार्टीलाई बुझाएको र पारिश्रमिकको कर ३ लाख ७२ हजार ४ सय ९१ बुझाएको उल्लेख गरेका छन्।
उनको पुरानो सम्पत्ति विवरण
मन्त्री भएपछि उनले २०७५ वैशाख ३ मा सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौँ वडा नम्बर ३१ मा चार आना २ पैसा जग्गा र त्यसमा बनेको २ तले पक्की घर छ। उनले सो सम्पत्ति बुटवल र भक्तपुरको घर बिक्रीबाट जोडिएको उल्लेख गरेका छन्।
उनको सम्पत्ति विवरण अनुसार उनीसँग २ तोला सुन छ। एभरेस्ट बैकमा २ लाख ५७ हजार र कृषि बैङ्कमा २ हजार रुपैयाँ बचत रहेको उल्लेख छ।
धन्यवाद तथा आभार ! pic.twitter.com/XhwiwFatGD
— Pradeep Gyawali (@PradeepgyawaliK) June 4, 2021
जेठ २१, २०७८ शुक्रबार २३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।