चिनियाँ कम्पनी सिनोभ्याकको कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति
काठमाडौं : चिनियाँ औषधि उत्पादक कम्पनी सिनोभ्याकले उत्पादन गरेको कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको छ।
औषधि व्यवस्था विभागले सिनोभ्याक लाइफ साइन्सेज कम्पनी लिमिटेडले उत्पादन गरेको कोरोना खोप ‘कोरोनाभ्याक’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको हो।
विभागले शुक्रबार सूचना जारी गर्दै उक्त खोपको आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिएको जनाएको छ।
यसअघि चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपलाई पनि नेपालमा आपतकालीन प्रयाेगकाे अनुमति दिइसकिएकाे छ।
चीनले हालै उक्त खोपको आठ लाख डोज नेपाललाई अनुदानमा दिइसकेको छ। उक्त खोप देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ २५ देखि लगाउने सरकारको तयारी छ।
जेठ २१, २०७८ शुक्रबार २२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।