अमेरिकाले नेपाललाई काेराेना खोप सहयोग गर्ने : स्वास्थ्य मन्त्रालय
काठमाडौं : संयुक्त राज्य अमेरिकाले नेपाललाई कोरोना भाइरस (कोभिड˗१९) विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी पाइएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
महामारीमा संक्रमण रोकथाम गर्न खोपको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मन्त्रालयले कोभिड˗१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने घोषणा हुनु सह्रानीय भएको जनाएको छ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस सहयोगको घोषणाप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौं। साथै भविष्यमा नेपाल र नेपालीका तर्फबाट यस किसिमका साथ र सहयोगको अपेक्षा गर्दछौं।’
जेठ २१, २०७८ शुक्रबार १८:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।