देशभर थप ६६५३ जनामा कोरोना पुष्टि, १०१ को मृत्यु 

देशभर थप ६६५३ जनामा कोरोना पुष्टि, १०१ को मृत्यु 

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा २० हजार ८ सय १३ नमुना परीक्षण गरिएको थियो। 

यस्तै, देशभर कोरोना भाइरस संक्रमणका कारण थप १ सय १ जनाको मृत्यु भएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ६३ संक्रमित निको भएका छन्। नेपालमा कोरोना संक्रमण निको हुनेको दर ८१.९ प्रतिशत छ।

देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण भएको मृत्युदर १.३३ प्रतिशत छ।
 

जेठ २१, २०७८ शुक्रबार १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।