९० हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा, ४०४ जना भेन्टिलेटरमा
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ९० हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जनाएको छ।
मन्त्रालयका अनुसार देशभर ९० हजार ८ सय ९२ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। यस्तै, संस्थागत आइसोलेसनमा रहेका संक्रमितको संख्या ६ हजार ८ सय ७ जना छ।
यसैगरी, आइसियुमा १ हजार ४ सय २२ र भेन्टिलेटरमा ४ सय ४ संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामध्ये काठमाडौंमा १३ हजार ९ सय ६७, ललितपुरमा ५ हजार ६ सय ९ र भक्तपुरमा ४ सय ४८ जना सक्रिय संक्रमित छन्।
देशभर कोरोना संक्रमितको कूल मृत्युदर १.६ प्रतिशत छ। यस्तै, कोरोना संक्रमणदर १८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
जेठ २१, २०७८ शुक्रबार १७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।