जसपा महन्थ समूह आजै सरकारमा जाने, १० जना सहभागी हुँदै, नाम गोप्य

जसपा महन्थ समूह आजै सरकारमा जाने, १० जना सहभागी हुँदै, नाम गोप्य

काठमाडौँ : जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह आजै सरकारमा सहभागी हुने भएको छ। जसपा महन्थ पक्षका नेता लक्ष्मणलाल कर्णका अनुसार पार्टी आजै सरकारमा सहभागी हुने सहमति भएको बताए।

उनले पार्टीका तर्फबाट १० जना मन्त्री ओली नेतृत्वको सरकारमा जाने बताए। तर, को-को मन्त्री बन्दै छन् भन्ने उनले खुलाएनन्।

‘पार्टीको सिनियर नेताहरू सरकारमा जानुहुन्छ,’कर्णले उकेरासँग भने,‘१० जना मन्त्री बन्छन्।’ छलफलमा सहभागी एमाले नेता सुभाष नेम्वाङले छलफल सकारात्मक रहेको जानकारी दिए।

‘उहाँहरूका मुद्दा र मागसँगै सरकारमा सहभागी हुनेबारे भएको छलफल सकारात्मक छ,’ नेम्वाङले उकेरासँग भने,‘सरकारमा सहभागी र उहाँहरूका मागबारे आजै सकारात्मक कुरा आउँछ।’

 

 

जेठ २१, २०७८ शुक्रबार १७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।