नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ जेठ २७ मा
आज बहस नसकिएकाले उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ। अर्को बहस २७ जेठलाई तोकिएको रिट निवेदक एवं अधिवक्ता वीरभद्र जोशीले उकेरालाई जानकारी दिए। उनले भने, ‘तीन वटा रिटमाथि बहस सकिएको छ। तीन वटाको बहस बाँकी छ।’
आज नागरिक अध्यादेशसम्बन्धी ६ वटा रिटलाई संवैधानिक इजलासमा सुनुवाइ तोकिएको थियो।
अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताद्वय विष्णुकुमारी गिरी र रामबहादुर शाही समेतले हालेको रिटमाथि बहस सकिएको छ।
त्यस्तै अधिवक्ताद्वय कूलबहादुर बोगटी र वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलले हालेको रिटको सुनुवाइ बाँकी छ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाएको छ।
यी रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए। इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई राखिएको छ।
जेठ २१, २०७८ शुक्रबार १५:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।