जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध क्रियाशील रहन राष्ट्रपतिको आव्हान 

जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध क्रियाशील रहन राष्ट्रपतिको आव्हान 

जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताएकी छन्।

२०६३ जेठ २१ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो भने २०६८ देखि यो दिवस मनाउन सुरु गरिएको हो। राष्ट्रपति भण्डारीले छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको शुभकामना सन्देशमा उल्लेख गरेकी छन्। 

 

जेठ २१, २०७८ शुक्रबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।