देशभर कोरोनाका सक्रिय संक्रमित १ लाख १ हजार ९ सय ९३

देशभर कोरोनाका सक्रिय संक्रमित १ लाख १ हजार ९ सय ९३

मन्त्रालयका अनुसार देशभर हालसम्म ५ लाख ७१ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये ४ लाख ६१ हजार ५ सय ६३ जना संक्रमणमुक्त भएका छन्। यस्तै, ७ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ।  

पछिल्लो २४ घण्टामा पनि देशभर २ हजार ४ सक्रिय संक्रमित घटेका छन्। उक्त अवधिमा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाएका १ सय १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 
 

जेठ १९, २०७८ बुधबार १८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।