फ्रान्स र युएई राजदूतावासद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

फ्रान्स र युएई राजदूतावासद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार फ्रान्सले नेपाललाई ५ लाख ४ हजार थान मास्क, २० हजार थान एन्टिजेन परीक्षण किट, १२ हजार थान प्रोटेक्सन चस्मा र १४ थान रेस्पिरेटर्स विथ कन्जुमेबल्स उपलब्ध गराएको हो। 

नेपालका लागि फ्रान्सका राजदूत फ्रांको जेनियर लेगरले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सामग्री हस्तान्तरण गरे ।

उक्त सामग्री आजै काठमाडौं आइपुगेको हो। 

यसैगरी, काठमाडौंस्थित युएई राजदूतावासबाट हिजो विभिन्न स्वास्थ्य सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार राजदूतावासबाट ३ लाख १८ हजार ६ सय थान मास्क, ९ हजार थान कभरअल, १५ हजार थान गाउन, २० हजार थान चस्मालगायत सामग्री उपलब्ध भएको हो। 

जेठ १९, २०७८ बुधबार १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।