उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइँदै जेठ मसान्तसम्म थपियो, खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने 

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइँदै जेठ मसान्तसम्म थपियो, खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज (बुधबार) बसेको बैठकले उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।  

उनका अनुसार थपिएको निषेधाज्ञा अवधिमा खाद्यान्न र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिने, निर्माण ढुवानीका साधन राति चलाउन दिने, निर्माणसम्बन्धी काम दिउँसो सञ्चालन हुन दिनेलगायत निर्णय गरिएको छ। 

पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञामा खाद्यान्न पसल खोल्न र निर्माण सामग्री ढुवानीका साधन सञ्चालन गर्न रोक लगाइएको थियो। 
 

जेठ १९, २०७८ बुधबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।